कैदीबन्दीसहित जुम्लामा ३९ जनामा कोरोना संक्रमण
जुम्ला, भदौ १७ : कैदीबन्दीसहित जुम्लामा ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना...
जुम्ला, भदौ १७ : कैदीबन्दीसहित जुम्लामा ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। अस्पतालका निर्देशक डा.मंगल रावलका अनुसार संक्रमितमध्ये १० जना कैदीबन्दी रहेका छन्।
त्यस्तै, चन्दननाथ नगरपालिकामा १६ र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ।
तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका एक जना कर्मचारी र कृषि कार्यालयका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।
योसँगै जुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ पुगेको छ। ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको डा.रावलले बताए।
जुम्लामा कोरोना संक्रमितको संख्या एक सय ४१ पुगेको छ। जसमध्ये ३२ जना निको भएका छन्।











