Kathmandu Press

५ महिनापछि नियमित अन्तराष्ट्रिय उडान खुल्यो 

काठमाडौं, भदौं १७ : कोभिड १९ का रोकथामका लागि २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ बाट सुरु भएको छ...
५ महिनापछि नियमित अन्तराष्ट्रिय उडान खुल्यो 

काठमाडौं, भदौं १७ : कोभिड १९ का रोकथामका लागि २०७६ चैत्र ९ गतेबाट रोकिएको नियमित अन्तराष्ट्रिय उडान भदौ १७ बाट सुरु भएको छ ।

गएराति नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमति उडान सुरु भएको हो। नयाँ उडान तालिका अनुसार आजदेखि आउँदो असोज १४ गतेसम्म ६० वटा नियमित र २७ वटा चार्टर उद्धार उडान रहने बताईएको छ । 

यात्रु नेपाल आउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने शर्त राखिएको छ।

सुरुवाती चरणमा नेपालीका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसीआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैबीच सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको सङ्ख्या बढाएको छ।  उडानबाट दैनिक आठ सय जना स्वदेश आउन पाउने प्राधिकरणले जनाएको छ। यसअघि सरकारले दैनिक पाँच सय मात्र आउन दिने निर्णय गरेको थियो।

 आज  चार्टर्ड उडानमार्फत कुवेत, जापान, मालदिभ्स र युएइबाट गरी ७ सय भन्दा धेरै नेपाली स्वदेश आउँदैछन् । कुवेतबाट मालिन्दो एयरमार्फत १७८ जना, जापानबाट नेपाल एयरलाएन्समार्फत २५० जना स्वदेश फर्किन लागेका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मालदिभ्सबाट हिमालय एयर मार्फत १३० जना र युएईबाट फ्लाई दुवईबाट १७० जना आउन लागेका छन् । 
 

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्