Kathmandu Press

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी, निर्णय आज आउने 

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी, निर्णय आज आउने 

काठमाडौं, भदौं १७ : काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको हो । ‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ पनि छलफल भएको बुझिएको छ ।

पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ । निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा पनि कुराकानी भएको छ । होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ ।

सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ । उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ ९आज० मध्यरातिबाट सकिँदैछ ।

प्रकाशित मिति: ०७:०३ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्