Kathmandu Press

वीर अस्पतालका नर्ससहित थप १३ जनामा कोरोना संक्रमण 

वीर अस्पतालका नर्ससहित थप १३ जनामा कोरोना संक्रमण 

काठमाडौं, भदौ १३ :  वीर अस्पतालका नर्ससहित थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षण नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। 

उनका अनुसार मंगलबार संक्रमितहरु नर्स र सरसफाइका कर्मचारी रहेका छन्। योसँगै वीर अस्पतालमा अहिलेसम्म कोरोना संक्रमित हुने संख्या ७१ पुगेको छ। 


 

प्रकाशित मिति: २१:४४ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्