Kathmandu Press

पेट्रोलको मूल्य फेरि बढ्यो 

पेट्रोलको मूल्य फेरि बढ्यो 

काठमाडौं, भदौ १६ : नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। 

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको निगम प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पर्नेछ। 

पछिल्लो पटक इण्डियन आयल अर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आएकाले पेट्रोलको भाउ बढेको प्रवक्ता उपाध्यायले बताए। 

निगम प्रवक्ता उपाध्यायका अनुसार पेट्रोलको मूल्य बढेपनि डिजेल , मट्टितेल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने बढेको छैन। 

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्