Kathmandu Press

पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट फर्किए २६४ नेपाली

पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट फर्किए २६४ नेपाली

काठमाडाैं, भदाै १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका अनुसार मंगलबार नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ। सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ। यस्तै, हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौँ ल्याएको छ। एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ।

यता नेपाल एयरलाइन्सको जहाज मंगलबार राति १ः०० बजे जापानको नारिता उड्दैछ। नियमित उडानअन्तर्गत निगमको यो पहिलो उडान हो। नारिताबाट नेपाली लिएर बुधबार काठमाडौं फर्कने तालिका छ। आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ।

बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन्।  हिमालय एयरलनइज्सले माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनेछ। सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ। कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ।

आन्तरिकतर्फ मंगलबार विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन्। समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ, मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्