Kathmandu Press

डोटीमा २१ सेनासहित २४ जनामा कोरोना संक्रमण

डोटीमा २१ सेनासहित २४ जनामा कोरोना संक्रमण

डोटी, भदाै १६ : डोटीमा नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली सेनाको गरुबक्स गुल्ममा कार्यरत २१ जनासहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।   

यस्तै, दिपालय सिलगढी नगरपालिका–६ मा दुई जना र केआईसिंह गाउँपालिका–४ मा एक जनामा पनि संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका सैनिकलाई आइसोलेसनमा राखिएको छ।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्