बलिउडका भिलेन सोनु सुद बने लकडाउनमा रियल हिरो, उनकै प्रेरणाले आदिवासीले आफैंले बनाए सडक
एजेन्सी, भदौ १६ : बलिउड अभिनेता सोनु सुदबाट प्रेरित भएर आन्ध्र प्रदेशका युवाहरुले गाँउमा सडक निर्माण गरेका छन्। उनीहरुले सरकारी सहयोग बिना नै सडक...एजेन्सी, भदौ १६ : बलिउड अभिनेता सोनु सुदबाट प्रेरित भएर आन्ध्र प्रदेशका युवाहरुले गाँउमा सडक निर्माण गरेका छन्। उनीहरुले सरकारी सहयोग बिना नै सडक निर्माण गरेका हुन्।
आन्ध्र प्रदेशको विजियनगरम जिल्लाको सालरु मन्डलका आदिवासी गाँउ कोडमा, चिन्तामाला, बारा, सिरीवारा ७० वर्ष यता अलग–अलग थिए। गाँउवासीलाई सबैभन्दा नजिकको प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुग्नका लागि पाँच किलोमिटर हिँड्नु पर्थ्यो। कोडमा गाँउ समुद्र सतहबाट करिब १५८ मिटरको उचाईमा छ। र यसको नजिकमा पर्ने सहर कस्बा करिब ५० किलोमिटरको दुरीमा छ।
अस्पताल पुग्नु भन्दा पहिलै हुन्थ्यो बिरामीकाे मृत्यु
गाउँबाट गर्भवती महिला र बिमारीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता थियो। धेरै पटक बिरामी र गर्भवती महिलाको बाटो मै मृत्यु हुने गरेका थिए। प्रजा चैतन्य वेदिका एक गैर सरकारी संस्था हो। यो संस्थाका अध्यक्ष कलिसेट्टी अपालाका अनुसार धेरै पटक बिरामीलाई अस्पताल पुर्याउन नपाउँदै मृत्यु भएका घटना घटेका छन्। यही संस्थाले सडक बनाउन गाँउवासीलाई सहयोग गरिरहेको छ। यद्यपी सरकारसँग हारगुहार भने गरेकाे छैन। गाँउका आदिवासी नेता मालती डोराले सरकारसँग सडक बनाइदिन थ्रुपै पटक माग गरेपनि सरकारले कुनै प्रयास नगरेको बताए।
महिलाले गहनासमेत धितो राखे
कोडा र चिन्तामाला गाँउमा करिब २५० परिवार बसोबास गर्छन्। यहाँका मानिसको मुख्य पेशा खेती र यससँग जोडिएको काम नै हो। ‘प्रविधीले धेरै चमत्कार गर्यो। गाँउमा स्मार्ट फोन प्रयोग गर्नेको संख्या समेत बढेको छ। यसको फाइदा यहाँका युवाले भिडियो हेरेर, पढेर निकै लाभ लिएका छन्। उनीहरुमा जागरुकता बढेको छ,’ डेराले भने।
बलिउड अभिनेता सोनु सुदले लकडाउनको समयमा गरेको कामबाट गाँउका युवा प्रभावित भएर सडक बनाउने योजना बनाए। ‘अभिनेता सोनु सुदले लकडाउनका समयमा जसरी प्रवासी मजदुरका लागि काम गरे। त्यसले यहाँका युवाहरु प्रभावित बने। सोनु सुदले जे गरे त्यसको प्रेरणाले गाँउका युवाले आफ्नो गाँउमा कसैको सहयोग बिना आफैं सडक बनाउने निर्णय लिएका छन्,’ अपाला नायडू भन्छन्।
नायडूले युवाहरुको निर्णयलाई कार्यान्वयन गर्न गाँउवासीसँग सहयोग उठाएर फन्ड जम्मा गरे। युवाहरुको निर्णयमा सबै गाँउवासीले समर्थन जनाए। गाँउवासीले कुल २० लाख रुपैयाँ जम्मा गरे। परिवारको क्षमता अनुसार एक हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म सहयोग गरेका छन्।
करिब १० लाख रुपैयाँ स्थानीय व्यापारीले सहयोग गरेका छन्। यो योजनाका लागि ३० लाख रुपैयाँ लागेको छ। मालाती डोराका अनुसार केही महिलाले आफ्नो गहनासमेत धितोमा राखेर सडक बनाउन सहयोग रकम उपलब्ध गराएका छन्।
गाउँवासीले आन्ध्र प्रदेशको सिरिवारा, चिन्तामालादेखि ओडिसाको सबकुमारसम्म करिब ६ किलोमिटर र कोडमादेखि बारीसम्म पाँच किलो मिटर सडक निर्माण गरेका छन्।
यो सडक आरक्षित वन क्षेत्रमा बनाइएको छ। वनमा सडक निर्माण गर्न वन अधिकारीहरुसँग स्थानीयले आग्रह गरे। तर सडक निर्माण गर्ने धेरै कानूनी अड्चन रहेको जवाफ अधिकारीहरुले दिए। धेरै पटक अपिल गर्दा समेत सडक निर्माण कार्य अघि बढेन। यस्तो अवस्थामा युवाहरु अघि बढे र दुई महिनामै सडक निर्माण पुरा गरे।
आफै बुतामा सडक निर्माण गरेको भन्दै सोनु सुदले गाँउवासीको प्रसंशा गरेका छन्। उनले २४ अगस्टमा ट्वीट गर्दै चाँडै उक्त गाउँ जाने बताएका छन्।
बीबीसी हिन्दीबाट