Kathmandu Press

थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि 

नेपालमा थप १०६९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदौ १६ : नेपालमा थप १०६९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। संक्रमितमध्ये २२ हजार  १७८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २३९ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ७६८ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्