Kathmandu Press

काठमाडौं उपत्यकामा मंगलबार थपिए  ४८१ जना कोरोना संक्रमित  

काठमाडौं उपत्यकामा थप  ४८१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा मंगलबार थपिए  ४८१ जना कोरोना संक्रमित  

काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा थप  ४८१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप  ४८१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। संक्रमितमध्ये २२ हजार  १७८ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २३९ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ७६८ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्