Kathmandu Press

कोभिडको असर : भारतको जिडिपी २३ दशमलव ९ प्रतिशत खुम्चियो

नयाँदिल्ली, भदौ १६ : भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३ दशमलव ९ प्रतिशतले खुम्चिएको छ। कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता...
कोभिडको असर : भारतको जिडिपी २३ दशमलव ९ प्रतिशत खुम्चियो

नयाँदिल्ली, भदौ १६ : भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महिनाको अवधिमा २३ दशमलव ९ प्रतिशतले खुम्चिएको छ। कोरोनाभाइरस महामारीका कारण विगत ४० वर्षयता पहिलो पटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो।

भारतको राष्ट्रिय तथ्याँक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ। 

कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९ दशमलव ३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ। 

साथै निर्माण क्षेत्रमा ५० दशमलव ३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३ दशमलव ३ प्रतिशतमा सीमित भएको छ। विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ। तर अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। 

भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन्। 

हुनत, भारतको अर्थतन्त्र कोरोनाभाइरस महामारी सुरु हुनुअघि नै खुम्चिँदै गएको थियो। कोभिड–१९ सुरु हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४ दशमलव २ प्रतिशतमा ओर्लिएको थियो। 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, भदौ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्