Kathmandu Press

कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु

जितपुर, भदौ १६ : कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु भएको छ। 

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। 

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्