Kathmandu Press

फुड बैंकमार्फत चार सयलाई राहत

फुड बैंकमार्फत चार सयलाई राहत

पाल्पा, भदौ १६ : पाल्पाको रामपुरमा सञ्चालित फुड बैंकमार्फत अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन्। 

जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। 

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिममा लागु गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरीब र  विपन्न वर्गका नागरिकका लागि फुड बैंक स्थापना गरी खाद्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष खिमबहादुर केसीले बताए।
 
पहिलो चरणको कार्यक्रमका लागि विभिन्न संघसंस्था, व्यक्ति, सामाजिक व्यक्तित्व, जनप्रतिनिधिलगायतबाट एक लाख ९० हजार  रुपैयाँ संकलन भई राहत वितरण गरिएको आर्थिक समितिका संयोजक दीपेन्द्रप्रसाद भट्टराईले जानकारी दिए। 

निषेधाज्ञा लागु भएपछि काम नै बन्द हुन पुग्दा बिहान साँझको हातमुख जोर्न समस्यामा परेका बेला खाद्य सामग्री पाएपछि राहत पुगेको प्रेम थपलियाले बताए।

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्