Kathmandu Press

रुपन्देहीमा एकै परिवारका १० जनालाई कोरोना

रुपन्देही, भदौ १६ : रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।चैनपुरटोलका ५३ वर्षीयको भदौ ६ गते...
रुपन्देहीमा एकै परिवारका १० जनालाई कोरोना

रुपन्देही, भदौ १६ : रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

चैनपुरटोलका ५३ वर्षीयको भदौ ६ गते कोरोनाबाट मृत्यु भएको थियो। त्यसपछि उनको परिवार र घरमा कामदारको कोरोना परीक्षण गरिएको थियो।

आज आएको रिपोर्टमा परिवारका १० जनासहित १५ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनिवास चौधरीले बताए।

उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो। संक्रमण देखिएकाहरु १७ देखि ६९ वर्षसम्मका रहेको चौधरीले बताए।

उनका अनुसार, १० जना परिवारका सदस्य हुन भने पाँच जना घरमा काम गर्ने कामदार हुन्। उनीहरुमध्ये सात जना महिला र आठ जना पुरुष रहेका छन्।

अहिले पूरै बस्ती सिल गरिएको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्