Kathmandu Press

हिरासतमा युवकको मृत्यु प्रकरण : रौतहटका तीन प्रहरी निलम्बित

हिरासतमा एक युवकको मृत्यु भएपछि रौतहटका तीन जना प्रहरीलाई निलम्बन गरिएको छ। 
हिरासतमा युवकको मृत्यु प्रकरण : रौतहटका तीन प्रहरी निलम्बित

काठमाडौं, भदौ १६ : हिरासतमा एक युवकको मृत्यु भएपछि रौतहटका तीन जना प्रहरीलाई निलम्बन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गर्दै  प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई पदबाट निलम्बन गरेको जनाएको छ। 

रौतहटको गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय महराको सोधपुछ गर्ने क्रममा थुनामै मृत्यु भएको थियो।

निलम्बित प्रहरी निरीक्षक सिंहलाई ६ महिना र प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १४:०२ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्