कोरोना संक्रमणबाट केन्द्रीय कारागारका एक कैदीको मृत्यु
काठमाडौं, भदौ १६ : कोरोना भाइरसको संक्रमणबाट केन्द्रीय कारागारका एक जना कैदीको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कञ्चनपुरबाट केन्द्रीय कारागार ल्याइएका ४०...
काठमाडौं, भदौ १६ : कोरोना भाइरसको संक्रमणबाट केन्द्रीय कारागारका एक जना कैदीको मृत्यु भएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि कञ्चनपुरबाट केन्द्रीय कारागार ल्याइएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए।
भदौ १४ गते कोरोना पुष्टि भएका ती पुरुषको मेगा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको उनले बताए।
सुरुमा पाटन अस्पताल भर्ना गरिएपनि पछि उनलाई मेगा अस्पतालमा लगिएको थियो। ती कैदीमा क्षयरोग र मानसिक समस्या थियो।
प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











