गण्डकी प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १६ : गण्डकी प्रदेशका थप ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये लमजुङका २६, नवलपरासीका १०, कास्कीका दुई र बागलुङका एक जना रहेका छन्।
लमजुङका २६ मध्ये एक जना १४ दिनका नाबालक समेत रहेका छन्।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२०५ पुगेको छ।
प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











