रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १६ : रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा मंगलबार थप ६३ जनामा संक्रमण पुष्टि...
काठमाडौं, भदौ १६ : रुपन्देहीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा मंगलबार थप ६३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका ३१, तिलोत्तमा नगरपािलकाका १६, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जना रहेका छन्।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ।
प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











