Kathmandu Press

कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

काठमाडौं, भदौ १६ : कोरोना संक्रमणको कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ। पाँच दिन अघि अस्पताल भर्ना भएका चालिसेको काठमाडौंको बासबारीस्थित सहीद...
कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

काठमाडौं, भदौ १६ : कोरोना संक्रमणको कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ। पाँच दिन अघि अस्पताल भर्ना भएका चालिसेको काठमाडौंको बासबारीस्थित सहीद गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो। 

७० वर्षीय चालिसे लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित थिए। स्वास्थ्यमा समस्या भएपछि उपचारकाे लागि अस्पताल पुगेका चालिसेमा उपचारकै क्रममा काेराेना संक्रमण पुष्टि भएकाे थियाे।

काठमाडौँ महानगरपालिका ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए।

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्