Kathmandu Press

बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्दा पाँच घाइते

चितवन, भदौ १६ : काठमाडौंबाट सर्लाहीतर्फ बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मंगलबार बिहान ना...
बिरामी बोकेको एम्बुलेन्स त्रिशुली नदीमा खस्दा पाँच घाइते

चितवन, भदौ १६ : काठमाडौंबाट सर्लाहीतर्फ बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। 

मंगलबार बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३, पानीधारामा अनियन्त्रित भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ। 

घाइते मध्ये चारको अवस्था सामान्य र एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्