पर्सामा तीन कोरोना संक्रमितको मृत्यु
काठमाडौं, भदौ १६ : पर्सामा थप तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। दुई जनाको कोभिड अस्पतालमा र एकजनाको नारायणी अस्पतालको आकस्मिक...
काठमाडौं, भदौ १६ : पर्सामा थप तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। दुई जनाको कोभिड अस्पतालमा र एकजनाको नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन्। अर्का एक मृतकको भने पहचिान खुलन सकेको छैन।
योसहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











