धरानमा उपचाररत सिराहाका वृद्धकाे कोरोनाबाट मृत्यु
सिराहा, भदौ १६ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको मिर्चैया नगरपालिका–६ का कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ।गएराति ९ बजे...
सिराहा, भदौ १६ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको मिर्चैया नगरपालिका–६ का कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ।
गएराति ९ बजे मिर्चैयाका ६५ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिराहाले जनाएको छ। स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवका अनुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
उनी एक साताअघि अस्पतालमा भर्ना भएका थिए। उनको भदौ ८ गते स्वाब संकलन गरिएको थियो। भदौ १० गते आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि अस्पताल भर्ना भएका थिए। उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए।
प्रकाशित मिति: ०९:३६ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











