प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण
विराटनगर, भदौ १६ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको...
विराटनगर, भदौ १६ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।
प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो। यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ।
ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए। सोमबार राति १० बजे आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको मन्त्रीको सचिवालयले जनाएको छ।
शनिबार स्वाब संकलन गरेदेखि नै मन्त्री घिमिरे निवासमै रहेका छन्। उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ०९:२३ बजे, मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











