Kathmandu Press

आज इन्द्रजात्रा, कोरोनाका कारण क्षमा माग्दै पूजा गरिने 

काठमाडौं, भदौं १६ : कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा नहुने भएको छ । जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा भने गरिने छ ।पृथ्वीनारायण...
आज इन्द्रजात्रा, कोरोनाका कारण क्षमा माग्दै पूजा गरिने 

काठमाडौं, भदौं १६ : कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा नहुने भएको छ । जात्रा गर्न नसकेकामा क्षमा माग्दै पूजा भने गरिने छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको यो जात्रा यस पटक कोरोना संक्रमणको त्रासका कारण रोकिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाउने परम्परा रहेको छ ।

इन्द्रजात्राको प्रमुख आकर्षण र महत्वको रुपमा रहेको कुमारी, भैरव र गणेशको रथारोहण गरिने परम्परा छ । तर यस वर्ष कोरोना महामारीका कारण पूजा औपचारिकतामा मात्र सीमित भएको छ । जात्राको मुख्य दिन आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिइएको छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले कोरोनाबाट जोगिन सरकारले लागू गरेको सुरक्षाका मापदण्ड पूरा गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताएकी छिन् ।

इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जात्रा मनाउन आग्रह गरेकी छिन् । 

प्रकाशित मिति: ०९:०८ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्