जातिय विभेदको घटना अनुसन्धानका लागि छुट्टै सेल गठन गर : दलित लयर्स फोरम
काठमाडौं, भदौ १६ : नेशनल दलित लयर्स फोरमले जातिय विभेदका घटनाको अनुसन्धानको लागि प्रहरीमा छुट्टै दलित सेल गठन गरी अनुसन्धान प्रभावकारी बनाउन माग...
काठमाडौं, भदौ १६ : नेशनल दलित लयर्स फोरमले जातिय विभेदका घटनाको अनुसन्धानको लागि प्रहरीमा छुट्टै दलित सेल गठन गरी अनुसन्धान प्रभावकारी बनाउन माग गरेको छ ।
मुलुक माकोरोना भाइरसको महामारी (कोभिड—१९) व्यापक फैलिरहेको र विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्था झापा, कैलाली, रौतहट लगायतका देशका विभिन्न जिल्लाहरुमा दलित समुदाय विरुद्ध जातीय विभेद, छुवाछूत, कुटपीट, यातना र हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अनुसन्धान प्रभावकारी बनाउन छुट्टै सेल आवस्यक रहेको उसले जनाएको हो ।
'लक डाउन (बन्दाबन्दी)को अवधिमा नै भएको जातीय कारणबाट रुकुम जिल्लाको चौर हजारीमाभएको क्रुर अमानविय नर संहार लगायत माथिउल्लेखित घटनाहरु छोटो अवधिमा दलित विरुद्द भएको अत्यचारको प्रतिनिधी घटना मात्र हुन् पछिल्लो समयमा देशका विभिन्न स्थानहरुमा मानवता विरुद्धको जातीय विभेदका घटनाहरु निरन्तर घटीरहेको अवस्था छ। उल्लेखित घटनाबाट दलित समुदायको संविधानले ग्यारेन्टी गरेको जातीयविभेद विरुद्धको अधिकार, समानताको अधिकार, यातना विरुद्धको अधिकार र सम्मानपूर्वक बॉच्न पाउने अधिकारको गम्भीर उल्लंघन भएको छु,' फोरमका सचिव भोजमान लाम्गादेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'रौतहटको हिरासतमा वर्वतापूर्ण यातनादिने इलाकाप्रहरी प्रमुख ज्ञान कुमार महतो लगायत विरुद्दको किटानी जाहेरी अहिले सम्म दर्ता भएको छैन । त्यसैले उक्त जाहेरी दर्खास्त तत्काल दर्ता गर्न घटनामा संलग्न दोषिहरु,प्रहरीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्न पीडीतलाई क्षतिपूर्ती दिन र अन्य जातीय विभेद र कुटपीटका घटनाका पीडितको निशुल्क उपचार गर्न र पीडितलाई क्षतिपूर्ती दिन समेत हाम्रो संंस्था सम्वन्धित निकाय समक्ष् ाजोडदार माग गर्दछ ।'
कोरोना महामारीको संकटपूर्ण समयमा आफू भाइरसबाट सुरक्षित रहि अरुलाई सुरक्षित राख्न तथा एक आपसमा सहयोग र सद्भाव देखाउनु पर्ने अवस्थामा यहि २०७७ भाद्र ६ गते कैलाली, घोडाघोडी नगरपालिका वडा नं ६ आर्दश नगर गाउँटोलमा विकास वि.क.,सुनिल वि.क.र अनिल वि.क.लाई जातीय रुपमा गाली गलौजगरी कुटपीट गरी घाइते बनाइएको छ, घटनामा सोहि स्थान निवासी ललित भण्डारी, बल बहादुर भण्डारी,लगायतका व्यक्तिहरु आरोपित रहेका पनि विज्ञप्तिमा जनाइएको छ ।
फोरमले मिति २०७७ भाद्र ८ गते झापा, मेचीनगर नगरपालिका वडा नं १३ निवासी राजन दर्जी र निजको पत्नी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई जातीय आधारमा गाली गलौज गर्दै कुटपीट गरी घाइते बनाइएकोे अवस्था छ ,उक्त घटनामा सोहि स्थान निवासी दुर्गा श्रेष्ठ र निजको पत्नी विष्णु श्रेष्ठ लगायत परिवारका सदस्यहरुको संलग्नता रहेको भन्ने जाहेरीमा उल्लेख गरिएको पििन जनाएको छ । यसै गरीे रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ५ निवासी निरन्जन रामको हत्या आपरोमा संलग्न भएको हचुवाको भरमा आरोप लगाई इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा लिएका बिजय महरालाई जवर्वजस्ती घटना नस्र्वीकारेको कारण प्रहरी हिरासत भित्रै अमानविय रुपमा चरम यातना दिई मिति २०७६ भाद्र ११ गते उनको पोष्टमार्टम रिर्पोटबाट प्रहरीको यातनाको कारण मृत्यु भएको पुष्टि भएको विवरण पनि विज्ञप्तिमा राखिएको छ ।











