Kathmandu Press

कोरोनाविरूद्धको खोप खोपलाई अनुमति दिन हतार नगरौं : डब्ल्युएचओ

काठमाडौं, भदौं १६ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।डब्ल्युएचओका मुख्य बैज्ञानिक...
कोरोनाविरूद्धको खोप खोपलाई अनुमति दिन हतार नगरौं : डब्ल्युएचओ

काठमाडौं, भदौं १६ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।

डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र यो हतारो गर्ने विषय नभएको प्रष्ट पारेका हुन् ।

परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिदा त्यसले निम्त्याउने परिणाम घातक हुनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।

हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मूल्यांकनको चरणमा रहेको डब्ल्युएचओले जनाएको छ।
 

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्