Kathmandu Press

समाजवादी फोरमको प्रदेश १ को अधिवेशन वैशाख १५ मा 

विराटनगर, वैशाख ७: संघीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 

पार्टीको प....

समाजवादी फोरमको प्रदेश १ को अधिवेशन वैशाख १५ मा 
Hardik ivf

विराटनगर, वैशाख ७: संघीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 

पार्टीको प्रदेश नं १ तदर्थ समितिले शनिबार पत्रकार सम्मेलन गरी वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्रतिनिधिको सहभागी हुने जानकारी दिएको हो।  अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संविधान संशोधनको माग नै मुख्य मुद्दा हुने तदर्थ समिति अध्यक्ष भूपेन्द्र नेमाङ लिम्बूले बताए। 

समितिका उपाध्यक्ष राजकुमार यादवले पहिचानसहितको संघीयता, समानुपातिक समावेशीकरणजस्ता सैद्धान्तिक विषयलाई अधिवेशनमार्फत व्यवस्थित र व्यापक बनाउन जनसङ्गठनलाई परिचालन गरिने बताए। अधिवेशन सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अधिवेशनको संघीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, वैशाख ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्