Kathmandu Press

चितनवनका १५ जना सहित २० जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदौं १६ : चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित...
चितनवनका १५ जना सहित २० जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदौं १६ : चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका १५ संक्रमित मध्ये भरतपुर महानगरका ११ जना, राप्ती नगरपालिका ३ जना र रत्ननगर नगरपालिका १ जना रहेका छन् ।

यसैगरी नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहट जिल्लाका १/१ जना रहेको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिएकी छिन् । 

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, भदौ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्