Kathmandu Press

कोरोना संक्रमणबाट पर्सामा ८० वर्षीय वृद्धको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा ८० वर्षीय वृद्धको मृत्यु

वीरगञ्ज, भदौ १५ : कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–२४ का ८० वर्षीय वृद्धको सोमबार दिउँसो उपचारका क्रममा वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ती वृद्धको तीन दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो। भदौ १३ गते नारायणी अस्पतालमा भनाए भएका ती वृद्धको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसपछि उनलाई त्यही दिन वीरगञ्‍ज हेल्थ केयर कोभिड अस्पताल भर्ना गरिएको थियो। 

प्रकाशित मिति: १९:२० बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्