काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ १५ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।
शाक्यलाई सोमबार कोेरोना संक्रमण भएको पुष्टि भएको हो। उनले दुई दिन अघि स्वाब दिएका थिए। शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए।
उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएको शाक्यको सचिवालयले जानकारी दियो। उनी अहिले होम आइसोलेनमा छन्।
प्रकाशित मिति: १८:४४ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











