Kathmandu Press

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको  छ। 
भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं, भदौ १५ : कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको  छ। 

‌संक्रमणपछि कोमामा उपचार  गराइरहेका मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो। उनी दिल्लीस्थित आर्मी अस्पतालमा उपचाररत थिए। फोक्सोमा संक्रमण देखिएपछि उनको स्वास्थ्य निकै नाजुक बनेको थियो।

चिकित्सकहरुको अथक प्रयासका बाबजुद पनि उनलाई बचाउन नसकिएको उनका छोरा अभिजित मुखर्जीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति भएका थिए। त्यसअघि मुखर्जी मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएर काम गरेका थिए। मुखर्जी भारत रत्नबाट समेत विभूषित भएका थिए।

मुखर्जीलाई गत अगष्ट १० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्