पीसीआर परीक्षणको मूल्य चार हजार मात्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको अधिकतम मुल्य चार हजार रुपैयाँ तोकेको हो।
काठमाडौं, भदौ १५ : कोरोना भाइरस परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको अधिकतम मुल्य चार हजार रुपैयाँ तोकेको हो।
यसअघि मन्त्रालयले पीसीआर टेष्टको मुल्य पाँच हजार पाँच सय रुपैयाँ तोकेको थियो। तर कतिपय निजी अस्पतालले तोकिएको भन्दा बढी मूल्य लिएर परीक्षण गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले पुन मूल्य निर्धारण गरेको हो।
आफ्नै प्रयोगशाला भएका ल्याबले चार हजार रुपैयाँमा पीसीआर परीक्षण गरेपनि आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्क जोडेर चार हजार चार सय रुपैयाँ लिन सक्ने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:३१ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











