रौतहटका पुजारीको हत्या आरोपमा दुई जना पक्राउ
रौतहटको पुजारीको हत्या अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं, भदौ १५ : रौतहटको पुजारीको हत्या अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन्।
उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा बिहारबाट पक्राउ गरी रौतहट ल्याइएको हो।
माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ गते राति हत्या भएको थियो। खाना खान लागेका पुजारीको गोली हानी हत्या भएको थियो।
घटनाको प्रारम्भिक अनुसन्धानमा पुजारीको हत्या धार्मिक कारण नभएको देखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:२० बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











