काठमाडौं उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ १५ : काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति: १६:२२ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











