Kathmandu Press

कोरोना संक्रमणबाट नेकपा नेता शोभाखर चापागाईको निधन

चितवन, भदौ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ। उनी श्वासप्रश्वास र दमको समस्या भएपछि...
कोरोना संक्रमणबाट नेकपा नेता शोभाखर चापागाईको निधन

चितवन, भदौ १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ। उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए।

उचारका क्रममा आज बिहान उनकोे निधन भएको अस्पतालले जनाएको छ। 

भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ वर्षीय चापागाईमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए। कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका थिए।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ। उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ।  

नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन्। उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवन पुगेका थिए। भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन्। चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ।

प्रकाशित मिति: १४:३० बजे, सोमबार, भदौ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्