Kathmandu Press

दार्चुलामा स्क्रब टाइफसका पाँच बिरामी भेटिए

दार्चुला, भदौ १५ : जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब...
दार्चुलामा स्क्रब टाइफसका पाँच बिरामी भेटिए

दार्चुला, भदौ १५ : जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले बताए।

उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। अन्यको सामान्यावस्था छ। स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ। यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो।

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्