Kathmandu Press

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ १५ : रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ५ मा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै...
होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ १५ : रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ५ मा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको नगरपालिका प्रमुख बासुदेव घिमिरेले बताए।

उनमा भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्