Kathmandu Press

डोटीमा एक साताका लागि निषेधाज्ञा

डोटी, भदौ १५ : जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि गए राति...
डोटीमा एक साताका लागि निषेधाज्ञा

डोटी, भदौ १५ : जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। 

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। 

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए। निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्