मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - कोरोनाबाट जोगिएर काम गर्नु
काठमाडौं, भदौ १५ : प्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका छन्।आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भीआईपीहरुमा पनि संक्रमणको...
काठमाडौं, भदौ १५ : प्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भीआईपीहरुमा पनि संक्रमणको जोखिम बढेको भन्दै मन्त्रीहरुलाई जोगिएर काम गर्न निर्देशन दिएका हुन्।
‘कामचाहिँ गर्नोस्, तर कोरोनाबाट जोगिएर, सतर्क भएर गर्नोस्’ प्रधानमन्त्री ओलीले भने।
शनिबारलाई तय भएको नेकपा सचिवालय बैठक गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण स्थगित भएकाे थियाे। तर, आइतबारको बैठकमा दुवै जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको कारण उपस्थित रहेका थिए ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाकाे भने उपस्थिती थिएन।
देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको कारण प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन्।
प्रकाशित मिति: ११:११ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











