Kathmandu Press

माछा पोखरीबाट करेन्ट लागेर भरतपुरमा दुई युवकको मृत्यु

भरतपुर, भदौ १५ : माछा पोखरीबाट करेन्ट लागेर चितवनको भरतपुर–८ का दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार स्थानीय नवराज दराई...
माछा पोखरीबाट करेन्ट लागेर भरतपुरमा दुई युवकको मृत्यु

भरतपुर, भदौ १५ : माछा पोखरीबाट करेन्ट लागेर चितवनको भरतपुर–८ का दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार स्थानीय नवराज दराई र निरब रानाको करेन्ट लागेर मृत्यु भएको हो। उनीहरुलाई गएराति करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, चिवतनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

उनीहरु पोखरीमा माछा पाल्दौ आएका थिए। माछा चोरी हुन थालेपछि पोखरीको चारैतिरको तारबारमा करेन्ट लगाएका थिए। त्यहि तारबारको करेन्ट लागेको डिएसपी थापाले बताए। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:४६ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्