भरतपुरमा कोरोना भाइरसको संक्रमतबाट बृद्धको मृत्यु
भरतपुर, भदौ १५ : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ।अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका...
भरतपुर, भदौ १५ : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ।
अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। उनलाई भदौ २ गते कोरोना सङ्क्रमण भएको थियो।
ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएपछि भदौ ६ गते अस्पताल भर्ना भएका थिए। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।
उपचारकै क्रममा आज बिहान ७ः२० बजे मृत्यु भएको डा.पौडेलले बताए। योसँगै कोरोनाका कारण चितवनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
जसमा चितवनका ६ जना रहेका छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो।
त्यस्तै, भरतपुरमा उपचारका क्रममा मृत्यु हुनेहरु मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन्।











