कालिकोट पहिरो: एकै परिवारका ४ सहित १० जनाको मृत्यु
काठमाडौं, भदौ १५ : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा एकै परिवारका ४ जना...
काठमाडौं, भदौ १५ : कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा एकै परिवारका ४ जना रहेका छन् ।
आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको प्रहरी निरीक्षक यक्षराज जोशीले काठमाडौं प्रेसलाई बताए ।
यसैगरी मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ । यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र २२ वर्षीय अमृत थापाको पनि ज्यान गएको छ । पहिरोमा परी घाईते भएका पुर्ण शाशी, अर्जुन हमालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको प्रहरी निरीक्षक जोशीले बताए ।











