Kathmandu Press

चितवनमा १० महिने शिशुसहित २१ जनालाई कोरोना संक्रमण 

काठमाडौं, भदौं १५ : चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुरमा आइतबार राति...
चितवनमा १० महिने शिशुसहित २१ जनालाई कोरोना संक्रमण 

काठमाडौं, भदौं १५ : चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्।

यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: ०७:५५ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्