भारतमा कोरोना संक्रमितको दिनदिनै नयाँ रेकर्ड, एकैदिनमा झण्डै ८० हजार संक्रमित
काठमाडौं, भदौं १५ : भारतमा दिन दिनै कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम हुन थालेको छ ।पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै...
काठमाडौं, भदौं १५ : भारतमा दिन दिनै कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७९ हजार ४५७ जना संक्रमित छन् । यो सँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ ।
यसअघि हिजो ७८ हजार ४७२ जना संक्रमित थपिएका थिए । संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











