Kathmandu Press

धनुषामा पुनः एक साता निषेधाज्ञा थप

जनकपुरधाम, भदौ १४ : कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको  आदेश जारी गरेको छ।गत...
धनुषामा पुनः एक साता निषेधाज्ञा थप

जनकपुरधाम, भदौ १४ : कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको  आदेश जारी गरेको छ।

गत साउन १८ देखि सुरू भएको निषेधाज्ञा आज पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म पुर्‍याइएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज सुरक्षा समितिको बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र  निजी सवारी साधनमा रोक लगाइएको छ।

त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ।

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्