केन्द्रीय कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १४ : केन्द्रीय कारागार, सुन्धाराका ३५ कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।कारागारभित्र उपचाररत एक कैदीमा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको...
काठमाडौं, भदौ १४ : केन्द्रीय कारागार, सुन्धाराका ३५ कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कारागारभित्र उपचाररत एक कैदीमा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित केन्द्रीय कारागारका कैदीबन्दीहरुका कोरोना संक्रमितको संख्या ५० पुगेको छ।
उनीहरुको स्वाबको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो।
कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएको छ।
यसअघिका संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कीर्तिपुरको आइसोलेसेन सेन्टरमा पठाइएको थियो।
आइतबार संक्रमण पुष्टि भएका मध्ये लक्षण देखिएकालाई अस्पताल र नदेखिएकालाई आइसोलेसन कक्षमा पठाउने तयारी भइरहेको कारागारले जनाएको छ।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











