Kathmandu Press

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं, भदौ १४ : गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृतयु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार...
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं, भदौ १४ : गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृतयु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन्।

मृत्यु हुनेमा सुनसरीको ७४ वर्षीया महिला, बाराको ४७ वर्षीया महिला महोत्तरीको ६२ वर्षीया महिला र काठमाडौं ७२ वर्षीया महिला रहेका छन्।

त्यस्तै सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष,  नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका छन्।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २१ पुगेको छ।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्