Kathmandu Press

थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १४ : नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२१ जनामा कोरोनाको संक्रमण...
थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १४ : नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। संक्रमितमध्ये २० हजार ८२२ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार आइतबार २६७ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्