Kathmandu Press

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, भदौ १४ : भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर ११ का ५२ वर्षीय पुरुषको आइतबार मध्यान्न...
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, भदौ १४ : भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर ११ का ५२ वर्षीय पुरुषको आइतबार मध्यान्न मृत्यु भएको हो।

निमोनिया र उच्च ज्वरोका कारण भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।

स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ७ गते गरिएको स्वाब परीक्षणमा उनका कोरोना संक्रमण पुष्टि भएको थियो।

अस्पतालले विज्ञप्ति जारी गर्दै उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ।

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, भदौ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्