कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु
काठमाडौं, भदौ १४ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाले ज्यान गुमाएका छन्।जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार शनिबार साँझदेखि आइतबार मध्याह्नसम्म १२...
काठमाडौं, भदौ १४ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाले ज्यान गुमाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार शनिबार साँझदेखि आइतबार मध्याह्नसम्म १२ जनाको मृत्यु भएको हो। सबैभन्दा बढी ललितपुर र मोत्तरीमा तीनतीन जनाको ज्यान गएको छ।
त्यस्तै, पर्सामा दुई, भक्तपुर, रुपन्देही, सप्तरी र मोरङमा एकएक जनाको मृत्यु भएको छ। भक्तपुरमा होम आइसोलेसनमा तथा अन्यको उपचारका क्रममै मृत्यु भएको भएको हो।
ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा ललितपुर, रुपन्देही र महोत्तरीका एकएक जनाको मृत्यु भएको हो। रुपन्देहीको भैरहवाका ५१ वर्षीय पुरुषको शनिबार साँझ, ललितपुरका २९ वर्षीय युवक र महोत्तरीकी ६२ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै, झक्तपुरका ६५ वर्षीय वृद्धको शनिबार राति होम आइसोलेसनमा मृत्यु भएको हो। उनलाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो।
रौहतटका ३० वर्षीय युवकको पर्साको वीरगञ्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको छ।
पर्साको गण्डक कोभिड विशेष अस्पतालमा आज बिहान रौतहटका ४० वर्षीय पुरुषको आइतबबार बिहान ७ः४० बजे मृत्यु भएको छ।
यसैगरि सप्तरीको राजविराज नगरपालिका २ की ६५ वर्षीया बृद्धाको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लग्दै गर्दा बाटोमै मृत्यु भएको छ।
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत मोरङको पथरी शनिश्चरेका ६१ ववर्षीय वृद्धको मृत्यु भएको छ। उनलाई श्वारप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। शनिबार मृत्यु भएपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
\त्यस्तै, जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएका महोत्तरीका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। महोत्तरीको पिपरा गाउँपालिका–७ का ७० वर्षीय वृद्ध र भंगहा नगरपालिकाका ३५ वर्षीय युवकको मृत्यु भएको हो।











